घटुवामा परे एमालेका प्रदेश अध्यक्षहरु, यस्तो छ पदीय हैसियत (अपानी १० सहित)

Kp sharma oli and uml leader

काठमाडौं । सत्ता घटकको नेर्ततव गरिरहेको दला नेकपा एमालेले प्रदेश अध्यक्षहरूको हैसियत घटुवा गरेको छ । अन्तरपार्टी निर्देशिका–१० मा जारी गर्दै प्रदेश अध्यक्षहरूको पदीय हैसियत पदेन केन्द्रीय सदस्य मात्र उल्लेख गरिएको छ ।

यसअघि प्रदेश अध्यक्ष अध्यक्षहरूको हैसियत पोलिटब्यूरो सरह हुने व्यवस्था थियो । कार्यकारी भूमिका हुने र पोलिटब्यूरो सदस्यको मान्यता पाइने हुँदा प्रदेश अध्यक्षमा आकर्षण देखिएको थियो । पोलिटब्यूरोकै हैसियतमा रहेका गुलाबजंग शाहले कर्णाली अध्यक्षमा उम्मेदवारी दिंदै जितेका थिए । केन्द्रीय कमिटीमा रहेका अरू नेताहरूले पनि प्रदेश अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।

अध्यक्ष ओलीको निर्देशन विपरीत प्यानल बनाएर प्रदेश नेतृत्व लिन चुनाव भएको थियो । आफ्नो निर्देशन नमानेपछि ओलीले प्रदेश अध्यक्षको हैसियत झुक्किएर पोलिटब्यूरो हुन गएको बताएका थिए । त्यसको रिस फेर्दै ओलीले प्रदेश अध्यक्षको पदीय हैसियत घटुवा गरेका हुन् ।

प्रदेश अध्यक्षहरूको हैसियत केन्द्रीय कमिटी सदस्यभित्र राखिएको छैन । ३५६ सदस्यीय केन्द्रीय कमिटी सदस्यभन्दा पछाडि पदेन सदस्यहरूको सूची तयार पारेर प्रदेश अध्यक्षहरूको नाम समावेश गरिएको छ ।

यता, नेकपा एमालेले तोकिएको समयभित्र अधिवेशन गराउन नसकेको ११ वटा जिल्ला कमिटीलाई काम चलाउ कमिटीमा परिणत गरेको छ । ‘अधिवेशन हुन बाँकी जिल्लाहरुलाई संगठन कमिटीमा रुपान्तरण गर्ने‘’ अपानिमा भनिएको छ, ‘बाँकी सबै जिल्ला अधिवेशनहरु कात्तिक महिनाभित्र गरिसक्ने ।’ अधिवेशन गर्न नसकेको संक्रमणकालीन कमिटीलाई एमालेले संगठन कमिटी भन्ने गरेको छ ।

अपानि अनुसार ६६ जिल्ला र विशेष क्षेत्रका अधिकांश जिल्ला अधिवेशन सकिएको छ । तर गत असारसम्म अधिवेशन नगर्ने कोशी, मधेश र सुदूरपश्चिमका ३र३ र गण्डकी तथा कर्णाली प्रदेशका एकरएक जिल्लालाई संगठन कमिटीमा परिणत गरिएको हो । संगठन कमिटीमा परिणत भएका मोरङ, तेह्रथुम, इलाम, बझाङ र डोटीका पदाधिकारीहरु अनुमोदन समेत गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दिए राजीनामा, निर्वाचन अनिश्चित

Bipul pokharel fnj

काठमाडौं । समयमै निर्वाचन गर्न असफल बनेपछि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलल...