शनिबारसम्म देशभर वर्षा र हिमपात नहुने

Mausam photo

काठमाडौं । आजदेखि तीन दिन वर्षा तथा हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो चाहिँ प्रदेश १ को हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुन सम्भावना छ । शनिबार रातिसम्म कतै वर्षा तथा हिमपात हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको ३ दिनको मौसम अनुमान यस्तो छ :
पुस २१ गते बिहीबार
दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पुस २२ गते शुक्रबार
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

पुस २३ गते शनिबार
दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...