स्वतन्त्र सांसद दीपेन्द्रकुमार मगर फर्किए माओवादीमै

Rolpa magar maoist

काठमाडौं । लुम्बिनी प्रदेश सभा स्वतन्त्र सांसद दीपेन्द्रकुमार पुनमगर माओवादीमा फर्किएका छन् ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदबार बनेका उनी भारी मतले विजयी भएका थिए ।

तत्कालीन पाँचदलीय गठबन्धनले टिकट बाँडफाँड गर्दा रोल्पा ख मा कांग्रेसका अमरसिंह पुनले टिकट पाएपछि दीपेन्द्रकुमार माओवादी छाडेर स्वतन्त्र उम्मेदवार बनेका थिए । पार्टीले पटकपटक निर्देशन दिँदा पनि उम्मेदवारी निष्क्रिय नपारेपछि माओवादीले उनलाई पार्टीबाट निष्कासन गरेको थियो ।

पार्टी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै उनले आत्मालोचना पत्र बुझाएपछि आज प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले खादा लगाई पार्टीमा स्वागत गरे । कारबाही फिर्ता गराई पुनः माओवादीमा फर्काउन माओवादी सचिव वर्षमान पुन अनन्तले विशेष भूमिका खेलेका थिए ।

उनले पत्रमा लेखेका छन्, ‘पार्टीको पोलिटब्युरो सदस्य र रोल्पा इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएर उम्मेदवार बनेकोमा पार्टीले पनि सबै जिम्मेवारीबाट निष्कासन गरेकाले म पुनः पार्टीमा फर्केर पार्टीको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...