पाँचथरको फिदिममा आगलागी हुँदा २ जनाको मृत्यु, २ जना घाइते

Pachthar aagolagi

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारमा गएराति एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा उनका बुहारी २३ वर्षीया आसानसिंह थेबे र २२ वर्षीय छोरी ममता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

राईका अनुसार मेघबहादुर र छोरा वीरेन्द्र सामान्य घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारार्थ पाँचथर अस्पतालमा ल्याइएको छ ।

सो घरमा ७ जना सुतेकोमा २ जनाको ज्यान गएको‚ २ जना घाइते भएको र ३ जना भागेर बच्न सफल भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले बताए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट डीएसपी खतिवडा नेतृत्वको टोली पुगेर आगो नियन्त्रणसँगै उद्धार गरेको थियो ।

आगलागीले घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । करिब ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको राईले बताए । बिजुली ‘सट’ भएर आगलागी भएको अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...