आकस्मिक अनुगमन गर्न यातायात कार्यालयमा पुगे मन्त्री श्रेष्ठ

Narayan kaji shresth yatayat anugaman

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा आकस्मिक अनुगमन गर्न पुगेका छन् ।

कार्यालयको कामकारबाहीको विषयलाई लिएर सेवाग्राहीबाट गुनासो आएपछि मन्त्री श्रेष्ठ आकस्मिक अनुगमन गर्न पुगेका हुन् । उनले कार्यालयका प्रमुख राजकुमार कपालीसँग कार्यालयको कामकारबाहीबारे जानकारी लिएका छन् ।

उनका प्रमुख स्वकीय सचिव विजय गौतमले यातायात कार्यालयबाट हुने काम कारबाहीका विषयमा सेवाग्राहीहरुबाट धेरै गुनासो आएकाले मन्त्री श्रेष्ठ आकस्मिक अनुगमनमा आएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...