तेह्रथुमको सुदापमा माघी मेलामा भलिवल प्रतियोगिता हुने

Valibal net

म्याङ्लुङ । तेह्रथुमको छथर गाउँपालिका ६ सुदापमा माघी मेला लाग्ने भएको छ ।

माघे संक्रान्तिको अवसर पारेर आहालडाँडामा विभिन्न साँस्कृतिक तथा खेलकुदको आयोजनासहित माघी मेला लाग्ने भएको हो । सो अवसरमा वडास्तरीय खुल्ला भलिवल प्रतियोगिता र खुल्ला नृत्य प्रतियोगिता आयोजना हुने भएको छ ।

नमुना आहालडाँडा खेलकुद समितिको आयोजनामा पुस ३० गते मेला उद्घाटनसँगै भलिबल तथा खुल्ला नृत्य प्रतियोगिता पनि सुरु हुने छथर गाउँपालिका ६ सुदापका वडा अध्यक्ष महेन्द्र मादेनले बताए । भलिबल उद्घाटन खेल छथर गाउँपालिका शिक्षक कर्मचारी र राजनैतिक दलका प्रतिनिधिबीच खेल हुनेछ ।

भलिवल प्रतियोगितामा विजेताले उपाधिसँगै नगद ३५ हजार, ट्रफि मेडल र प्रमाणपत्र तथा उप विजेताले २५ हजारसहित ट्रफि मेडल र प्रमाणपत्र पाउने, सर्वोत्कृष्ठ खेलाडीलाइ विशेष पुरस्कार र विधागत उत्कृष्ठ खेलाडीहरुलाई पुरस्कारसहित पुरस्कृत गरिने नमुना आहालडाँडा खेलकुद समितिका खेलकुद व्यवस्थापक मनिस खड्काले बताए ।

भलिवल प्रतियोगितासँगै मेलाको अवसरमा खुल्ला नृत्य प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ । विभिन्न संस्कृति झल्किने सामुहिक नृत्यलाई प्रवेश शुल्क लाग्ने छैन । नृत्यतर्फ प्रथम पुरस्कार ८ हजार रुपैयाँ, दोस्रोलाई ५ हजार रुपैयाँ, तेस्रोलाई ३ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार १ हजार ५ सय रुपैयाँ दिइने आयोजकको भनाई छ ।

भलिबल प्रतियोगितामा सहभागी बन्न इच्छुक टिमहरुले पुस २८ गतेदेखि पुस ३० गते बिहानको ९ बजे भित्र टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...