१०३ जनालाई सम्मान गर्दै पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड सम्पन्न

Model samman

काठमाडौं । नयाँ वर्षको पूर्व सन्ध्यामा काठमाडौंमा ‘चौथा पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड–२०२२’ सम्पन्न भएको छ । फिल्म, मोडलिङ, ब्युटी तथा फेशन क्षत्रीका विभिन्न सेलीब्रेटीलाई अवार्ड प्रदान गर्दै पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड सम्पन्न भएको हो ।

समारोहमा अग्रज मोडल तथा कोरियोग्राफरलाई अनर अवार्डबाट सम्मानित गरियो । स पटक मोडलिङ तर्फ ४० विधामा र फेशन तर्फ ४० विधा र अन्य २३ विधामा अवार्ड तथा सम्मान प्रदान गरियो ।

कार्यक्रममा कोरियोग्राफर तथा मोडल प्रशान्त ताम्राकार, मोडल तथा अभिनेत्री मलिना जोशी, अग्रज सञ्चारकर्मी नरेश भट्टराई, अभिनेता रोहित रुम्बा, अग्रज मोडल तथा इभेन्ट निर्देशक आयोजक धिरज तन्डुकार, नेपालको पहिलो महिला रेश्लर भगवाती खड्का ‘युनिका’, लोकप्रिय मेकअप आर्टिस्ट तथा मोडल बिना रानामगरलगायतलाई पनि विभिन्न ब्यक्तिहरु अनर अवार्डबाट सम्मानित गरिने भए ।

टच इन्टरटेनमेन्ट एन्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राईट इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा यो अवार्ड अभिनेताद्धय यसराज गराच, दिक्पाल कार्की र मोडल राजन अधिकारीले आयोजना गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...