आज ९ बजे सुरक्षा संयन्त्रको बैठक बस्दै, विपद् व्यवस्थापन समितिको बैठक पनि आजै

Rabi lamichhane griha

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सुरक्षा संयन्त्रको बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे प्रहरी संयन्त्रको भर्चअल बैठक बोलाइएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए ।

बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने छन् ।

उनका अनुसार बैठकमा नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुनेछ । बैठकमा शान्ति सुरक्षा र आम नागरिकले भोगेका समस्याहरुको बारेमा छलफल हुने जनाइएको छ ।

त्यसपछि दिउँसो २ बजे विपद् व्यवस्थापन समितिको बैठक पनि आह्वान भएको छ । विपद् व्यवस्थापनमा पनि ७७ वटै जिल्लाका सिडिओहरु हुनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...