यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना, तराईमा लाग्यो हुस्सु

Mausam photo

काठमाडौं । प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागमा शनिबार हल्का वर्षाको अनुमान गरिएको छ ।

दिउँसो केही समय काठमाडौं आसपासका जिल्लामा पनि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उनका अनुसार देशभरको मौसम आंशिक बदली रहने छ ।

साथै हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हिमपात हुनसक्ने विभागको भनाइ छ । अहिले काठमाडौं उपत्यका तथा तराई/मधेशमा हुस्सु र कुहिरो लागेको छ ।

शनिबार बिहान काठमाडौंको न्यूतनम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको विभागले जनाएको छ । आज तराईका केही ठाउँमा बाक्लो हुस्सु लागेकोले सवाई र सडक यातायात प्रभावित भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...