निजगढ विमानस्थल राज्यकै निकायले रोकेका हुन् : योगेश भट्टराई

Yogesh bhattrai

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको आरोप लगायका छन् ।

शुक्रबार राजधानीमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभियसन मिट’ कार्यक्रममा बोल्दै उनले आयोजना राज्यकै निकायले रोक्नु दु:खद् रहेको बताए ।

‘निजगढ आयोजनामा अवरोध गर्नु भनेको विकासमा अवरोध खडा गर्नु हो, नेपाललाई अगाडि जान नदिनु हो, यस काममा नेपाल भित्रकै मानिस लाग्नु दुःखद् हो,’ उनले भने । यो आयोजनामा वातावरणको मुद्दाका कारण सर्वोच्च अदालतबाट रद्द भएको थियो । पछि अदालतबाटै पूर्ण पाठ आएपछि भने आयोजना पुनः प्रक्रियामा अगाडि बढेको छ ।

‘राज्य सम्यन्त्रले जसले जे काम गर्नु पर्ने त्यो काम गरिरहेका छैनन्, न्यायले निरुपण गर्नेले पुतली गरिरहेका छन्’ अदालततर्फ लक्छित गर्दै उनले भने ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...