राहदानी विभागको अनुगमनमा पुगे गृहमन्त्री लामिछाने

Rabi lamichane rahadani bivag

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागमा अनुगमन गरेका छन् । बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर गृहमन्त्री लामिछानेले त्यहाँको अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

सोमबार शपथ लिएको प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले लाइसेन्स, पासपोर्ट लगायतका सेवा लिने क्रममा नागरिकले भोग्दै आएका सास्ती अन्त्य गरी सेवा सहज बनाउने निर्णय गरेको थियो ।

सोही निर्णयबमोजिम गृहमन्त्री लामिछाने आज राहदानी विभागको अनुगमन गर्न गएका हुन् । अनुगमनका क्रममा उनले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन कर्मचारीलाई निर्देशन दिए ।

विभागमा सेवाग्राहीको अत्यधिक भीड हुने गरेको छ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भएको दिनमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानी र लाइन्सेन्स वितरणको समस्या हल गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...