कार्यविधिविपरीत निजी सुरक्षामा तैनाथ प्रहरी ४८ घण्टाभित्र फिर्ता गर्न गृहको कडा निर्देशन

Rabi lamichane mantri

काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न ४८ घण्टाभित्र मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

रवि लामिछाने गृहमन्त्री भएलगत्तै नेता र उच्च पदस्थहरुको निजी सुरक्षामा खटाइएका सबै सुरक्षाकर्मी फिर्ता गर्न गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका निकायलाई निर्देशन दिएका हुन् ।

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन उक्त कार्यविधि जारी गरे पनि त्यसविपरीत सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था भन्दा विपरीत सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो ।

'उक्त कार्यविधिमा तोकिएअनुसारका बहालवाला तथा पूर्व कर्मचारी/सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ', विज्ञप्तीमा भनिएको छ, 'उक्त कार्यविधिमा व्यवस्था गरिएकोभन्दा विपरीत सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरदिनुहुन सबैमा अनुरोध छ ।'

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...