महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल सिफारिस

Dinmani pokharel

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधिवक्तामा अधिवक्ता दिनमणि पोखरेललाई सिफारिस गरेका छन् ।

सरकारको कानुनी सल्लाहकारका रूपमा रहने पदमा पोखरेललाई सिफारिस गरिएको हो । यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा महान्यायाधिवक्त खम्म खाँतीले सोमबार पदबाट राजीनामा दिएका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । कानुनमा विद्यावारिधि गरेका पोखरेल माओवादीनिकट अधिवक्ता मानिन्छन् ।

संवैधानिक कानुनका जानकार पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएको प्रतिनिधि सभा विघटन गैरसंवैधानिक छ भनी उनले सर्वोच्च अदालतमा बहस समेत गरेका थिए । पोखरेलले यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुन विज्ञको रुपमा काम गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...