हर्क साम्पाङले गृहमन्त्रीलाई भने, ‘गुण्डाको राज खत्तम बनाउनुपर्छ अब !’

Rabi lamichhane harka sampang

काठमाडौं । स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरपालिकामा मेयर जितेर चर्चा कमाएका हर्क साम्पाङले नवनिर्वाचित गृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन् ।

गृहमन्त्री भएपछि लामिछानेले पहिलो निर्णयका रुपमा कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने निर्णय गरेका थिए । सो लगत्तै साम्पाङले लामिछानेलाई बधाई दिँदै मेयर साम्पाङले गुण्डाको राज खत्तम बनाउनपर्ने बताएका छन् ।

‘हार्दिक बधाइ दिन चाहन्छु माननीय गृहमन्त्री ज्युलाई,’ साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘गुण्डाको राज खत्तम बनाउनु पर्छ अब !’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्। लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...