आज तराईमा लाग्यो बाक्लो हुस्सु, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं । आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा बाक्लो हुस्सु लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एक र गण्डकी प्रदेशको हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश एकको हिमाली भू–भागमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । ‘प्रदेश नं १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ,’ महाशाखाले भनेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...