निर्मला पन्तको हत्यारा खोज्ने नवनियुक्त गृहमन्त्री लामिछानेको पहिलो कदम

Rabi lamichane mantri

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा खोज्ने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहणमा उनले पन्तलाई न्याय दिने पहलसम्बन्धी विषयमा पहिलो फाइल तयार गर्न गृहसचिव विनोद सिंहलाई निर्देशन दिए ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गरेपछि लामिछानेले यस्तो निर्णय गरेका हुन् । मन्त्रालयमै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने सम्बन्धमा पहिलो निर्णय गरेको जानकारी गराएका थिए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको १० साउन ०७५ मा बलात्कारपछि हत्या भएको थियो । उनको हत्यामा संलग्नलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । उनले आफ्नो चर्चित टेलिभिजन कार्यक्रममा पटक-पटक यो विषय उठाएका थिए ।

'निर्मला पन्तलाई न्याय दिन पहल गर्नमा तदारुकता देखाउने विषयमा निर्णयका लागि फाइल तयार गर्नुहोला' लामिछानेले भने, 'त्यसमा अहिलेसम्म के भएको छ त्यो पनि जानकारी गराउनु होला ।'

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...