ओलीले नेपाललाई कोट्याएर सोधे, ‘तपाई बिरामी हुनुहुन्छ भन्ने सुनेको थिएँ,अहिले कस्तो छ ?’

Kp oli madhav nepal

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सँगसँगै देखिएका छन् । ओली र नेपालबीच २० महिनापछि सम्वाद भएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण समारोहमा सहभागी हुन शीतल निवास पुगेका ओली र नेपाल एकै ठाउँमा बसेका थिए । लामो समय एउटै पार्टीमा रहेका, तर अहिले अलग भएका दुई नेता भेट हुँदा लामो समय नबोली बस्ने अवस्था हुन्न भन्ने ठानेर पनि दुबै जनाले २० महिनापछि बोलचाल गरेका थिए ।

मञ्चमा शपथ ग्रहण चलिरहँदा ओलीले माधव नेपाललाई कोट्याएर सोधे, ‘तपाई बिरामी हुनुहुन्छ भन्ने सुनेको थिएँ । अहिले कस्तो छ ?’ निमोनियाको लक्षण देखिएपछि गत मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका अध्यक्ष नेपालले अहिले आफ्नो अवस्था ठीकै रहेको बताए । र, बेलाबेला स्वास्थ्यमा सामान्य समस्या आउने बताए । त्यसपछि भने थप सम्वाद भएन ।

नेकपा एमाले विभाजन गरेर नेपालले एकीकृत समाजवादी बनाएपछि दुई नेताबीच कटुतापूर्ण सम्बन्ध रहँदै आएका छ । उनीहरुले मञ्च सेयर समेत बिरलै गर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निर्वाचनमय बने क्याम्पस : देशकै दोस्रो ठूलो क्याम्पसकी एक्ली महिला उम्मेदवार तिवारी बढ्यो व्यस्तता

Muna tiwari ktm

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्...