पाँच महिनामा ३८ हजार बढीले लिए एनओसी

Ministry of education

काठामाडौं । पछिल्लो पाँच महिनामा ३८ हजार बढीले वैदेशिक अनुमति पत्र (एनओसी) लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार साउन १ गतेदेखि मंसिर मसान्तसम्म ३८ हजार ६१ जनाले एनओसी लिएका छन् ।

शाखाको तथ्यांक अनुसार सबै भन्दा बढी अष्ट्रेलिया, क्यानडा, जापान, भारत, युके, अमेरिका, दक्षिण कोरियाका लागि नेपालीले एनओसी लिएका छन् । शाखा प्रमुख बासुदेव वस्तीले अहिले औषतमा दैनिक तीन सय विद्यार्थीले एनओसीका लागि आवेदन दिईरहेका छन् ।

शाखाबाट विभिन्न ५९ वटा देशका लागि एनओसी वितरण गरेको छ । एनओसी मार्फत सरकारले यो पछिल्लो पाँच महिनामा ८ करोड २१ लख ३२ हजार राजस्व संकलन गरेको छ ।

शाखाले अहिले आवेदन तथा आवेदन भेरिफिकेसन अनलाइनमार्फत गर्दै आएको छ ।

शाखाले आवेदन परेको २४ घण्टाभित्र भेरिफिकेसन गर्ने र भेरिफिकेसन भएको २४ घन्टाभित्र एनओसी जारी गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...