धनकुटा कारागारमा छथरजोरपाटी गाउँपालिकाद्धारा टिभी हस्तान्तरण

Karagar tv bitaran

धनकुटा । कैदीबन्दीलाई विश्वकपको फाइनल हेर्न सजिलो होस् भनेर छथरजोरपाटी गाउँपालिकाले धनकुटाका कैदीबन्दीलाई टेलिभिजन प्रदान गरेको छ ।

धनकुटा कारागारमा रहेका कैदी बन्दीलाई गाउँपालिका अध्यक्ष छत्र सुब्बा, वडा नं. २ का वडाध्यक्ष कृण्ण मगर र वडा नं. ६ का वडाध्यक्ष दिपक गुरूङ सहितको टोलीले ३२ इन्चको टेलिभिजन प्रदान गरेको हो ।

धनकुटा कारागारका विभिन्न मुद्धाका ८३ जना कैदीबन्दी रहेका छन् । उनीहरुलाई विश्वकपका साथै अरु बेला पनि मनोरञ्जन लिन सजिलो होस् भनेर टेलिभिजन हस्तान्तरण गरिएको पालिका अध्यक्ष सुब्बाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...