धरानका मेयर हर्क साम्पाङविरुद्ध उत्रिए दलहरु, समृद्धिको चाहानालाई कुठाराघात गरेको ठहर

Harka sampang mayer dharan

काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङविरुद्ध दलहरुले मोर्चाबन्दी थालेका छन् । गत वैशाखको निर्वाचनमा स्वतन्त्र उठेर जितेका मेयर साम्पाङले नेपाली कांग्रेस र नेकपा एमालेसहितबाट निर्वाचित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई बाइपास गर्न खोजेको भन्दै दलहरुले मोर्चाबन्दी गरेका हुन् ।

यसरी मेयरविरुद्ध मोर्चाबन्दी गरेर विज्ञप्ति निकाल्नेहरुमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् ।

गत असोज १३ गते धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्तुत एजेण्डामाथि कार्यपालिका सदस्य अनुप देवानले बोलिरहँदा मेयर साम्पाङले निस्केर जान भनेदेखि सुरु भएको तनाव चुलिँदै गएको हो । केही दिनअघि मात्रै उनले वडाध्यक्ष र कार्यपालिका सदस्यहरुको राजीनामा मागेका थिए । त्यही प्रकरणदेखि दलबाट निर्वाचित कार्यपालिका सदस्य र वडाअध्यक्षहरुले मेयर साम्पाङविरुद्ध मोर्चाबन्दी गरिरहेका छन् ।

'केवल आफूलाई प्राप्त मतलाई बहुमत भन्दै, दम्भ राखी आफू जस्तै जननिर्वाचित प्रतिनिधिहरुको राजीनामा माग्नु कुन नैतिकता हो ?' उनीहरुले भनेका छन्, 'समस्या समाधान गर्न छाडेर नेतृत्व आफैँ प्रतिवादमा उत्रने कार्यले धरानवासी जनताले अपेक्षा गरेको विकास तथा समृद्धिको चाहानालाई कुठाराघात गरेको हाम्रो ठहर छ ।'

दलहरुले देशको परिवर्तनमा कुनै भूमिका नभएकाहरुले चलखेल गर्न खोजेको पनि बताएका छन् । 'यसरी मुलुक परिर्वतनलाई संस्थागत गर्ने चरणमै रहेको बेला केही तत्वहरुको सलवलाहट शुरु भएको छ', उनीहरुले भनेका छन्, 'तथापि यो यथाथर्तालाई ओझेलमा पार्ने दुस्साहसका साथ हिजोको परिवर्तनमा कुनै भूमिका नभएका दम्भेषीहरुको अराजकता शुरु भएको छ ।'

उनीहरुले भनेका छन्, 'नेतृत्वको हैसियतमा समस्या समाधानको पहलकदमी लिने र यस्तो अवस्थामा अभिभावकीय भूमिका निर्वाह गर्न छाडेर पत्रकार सम्मेलन गरि कार्यपालिकाका सदस्यहरुलाई धम्क्याउँदै राजीनामा दिनु भन्ने शब्द प्रयोग गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।'

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...