९ बुँदे चौविसे घोषणा पत्र सार्वजनिक गर्दै सकियो पत्रकार महासंघ धनकुटाको साधारणसभा

Fnj dkt sava

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाको ११ औं साधारणसभा ९ बुँदे चौविसे घोषणा पत्र सार्वजनिक गर्दै सकिएको छ ।

धनकुटाको चौविसे गाउँपालिकाको राजारानीमा भएको साधारण सभाले प्रेस स्वतन्त्रताको ज्ञारेन्टी, स्थानीय सञ्चार माध्यमहरुलाई समानुपातिक विज्ञापन वितरण, पत्रपत्रिका वितरणका लागि निःशुल्क हुलाक सेवा, सरकारले वितरण गर्ने लोककल्याणकारी विज्ञापनको पैसा भुक्तानीमा देखिएको झन्झटिलो प्रक्रिया हटाउनुपर्ने र लोक कल्याणकारी विज्ञापनका दिइने रकममा बृद्धि गरिनुपर्ने लगायतका संकल्प प्रस्ताव पारित गरेको छ ।

सो साधारणसभाले पर्यटनको प्रचुर सम्भावना बोकेको चौविसे क्षेत्रको राजारानी ताल लगायतका पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले पर्याप्त ध्यान दिँदै यस क्षेत्रको विकासका लागि लगानाी गर्न माग गरेको छ ।

सो साधारणसभामा महासंघको भवन निर्माण गर्न महत्वपूर्ण योगदान दिने सञ्जय सन्तोषी राई, विजय सन्तोषी राई, राजेश्वरबहादुर श्रेष्ठ, मोहन वान्तवा, गोपाल बराइली, रमेशचन्द्र अधिकारी, खगेन्द्र घिमिरे, सन्तवीर लामा, टकलाल राई लगायतलाई सम्मान गरिएको थियो । त्यसैगरी महासंघको विकासका लागि सहयोग गर्ने सहयोगीहरुलाई पनि सम्मान गरिएको थियो ।

नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईको अध्यक्षताका भएको सो साधारणसभाको उदघाटन कार्यक्रममा चौविसे गाउँपालिकाका प्रमुख राजकुमार लिम्बु, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता बराइली, महासंघका पूर्व सभापतिहरु सञ्जय सन्तोषी राई, विजय सन्तोषी राई, राजेश्वरबहादुर श्रेष्ठ, मोहन वान्तवा, खगेन्द्र घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य नैन रुचाल, राष्ट्रिय दलित पत्रकार संघका बरिष्ठ उपाध्यक्ष गोपाल बराइली लगायतले शुभकामना दिएका थिए ।

सो साधारण सभाको सञ्चालन सचिव हरिबहादुर लम्जेलले गरेका थिए भने उपाध्यक्ष विदुर खवासले स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...