धरानका मेयर हर्क साम्पाङले अचानक किन मागे कार्यपालिका सदस्यहरुको राजीनामा ?

Harka sampang mayer dharan

धरान । पछिल्लो समयमा निक्कै चर्चामा रहेका धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङले अचानक कार्यपालिकाहरुको राजीनामा मागका छन् । योसँगै मेयर, कार्यपालिका सदस्य, वडाध्यक्ष बीचको विवादले उग्ररुप लिँदै गएको देखिएको छ ।

साम्पाङले शुक्रबार उपमहानगपालिकास्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर कार्यपालिका सदस्यहरुको राजीनामा मागेका हुन् । तर गत वैशाखमा निर्वाचित भएयता कार्यपालिका बैठक बस्न नसकेको अवस्थामा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ निरंकुश, स्वेच्छाचारी र अराजक बनेको आरोप लगाएका थिए ।

विवाद बढ्दै जाँदा मेयर साम्पाङले शुक्रबार कार्यपालकिा सदस्यहरुसँग राजीनामा मागेका छन् । उनले आफूले भनेको नमान्ने भए राजीनामा दिएर बाटो खुला गरिदिन आग्रह गरेका हुन् ।

मेयरले स्वेच्छाचारी, तानाशाही, गैरकानुनी र गैरजिम्मेवार शैली अपनाउँदै आएको बताउँदै यस्तो अवस्थामा काम गर्ने वातावरण पनि नरहेको बताएका थिए ।

मेयर साम्पाङले कार्यशैली सुधारे र म होइन हामी नभनेसम्म सहयोग गर्न नसकिने बताएका छन् । मेयरले सहकार्य गर्न तयार भए आफूहरु धरानको विकासमा हातेमालो गर्न तयार रहेको उनीहरुको तर्क छ । उनीहरुले धरान उपमहानगरपालिका परिसरमै गरेको पत्रकार सम्मेलनमा कार्यपालिका बैठक बस्न नसक्नुमा मेयर साम्पाङ नै दोषी भएको बताए ।

मेयर आफूहरूबारे दिएको अभिव्यक्तिबारे आत्मालोचना गरे मात्रै बैठक अघि बढ्न सक्ने बताए । उनीहरुले मेयर साम्पाङले आफूहरुका कुरा सुन्न पनि अस्वीकार गरेर तोकदेशले नगर चलाउन खोजेको बताएका थिए ।

धरान नगर कार्यपालिका प्रवक्ता एवम् वडाध्यक्ष सूर्य भट्टराईले मेयरले कार्यपालिका बैठक अघि बढाउनै नचाहेको बताए । उनले गैरसंवैधानिक र गैरकानुनी बाटोबाट तोकआदेशकै भरमा गरिरहेको कामको नगरकार्यपालिका जिम्मेवार नहुने पनि बताएका छन् ।

प्रतिकृया दिनुहोस