तरुण दलका संस्थापक महामन्त्री चित्रकारको निधन

Kamal chitrakar nidha deuwa

काठमाडौं । नेपाल तरुण दलका संस्थापक महामन्त्री कमल चित्रकारको ८२ वर्षको उमेरमा निधन भएको छ । पशुपति आर्यघाटमा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

चित्रकारको गत मंगलबार निधन भएको थियो । बीपी कोइराला पहिलोपटक प्रधानमन्त्री भएको बेला उनी नेपाल तरुण दलको महामन्त्री थिए । पछि बीपीसँगै पक्राउ परेर छुटेपछि उनी विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए ।

विद्यार्थी आन्दोलनमार्फत निरंकुशताविरुद्ध उभिएका चित्रकार २०३८ सालमा सुधारिएको पञ्चायतले गरेको पहिलो चुनावमा काठमार्डौं महानगरको प्रधानपञ्च बनेका थिए ।

देउवाले उनको निधनको खबरबाट स्तब्ध भएको उल्लेख गर्दै उनले लोकतन्त्र स्थापनाको आन्दोलनमा पुर्याएको योगदान सदैव स्मरणीय रहने बताएका छन् । चित्रकारले लोकतन्त्र स्थापनाको आन्दोलनमा पु¥याएको योगदान सदै स्मरणीय हुने प्रधानमन्त्री देउवाले बताएका छन् ।

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...