दाइजो माग्ने डाक्टर घरैबाट पक्राउ

Daijo dr

महोत्तरी । महोत्तरी जिल्लाको रामगोपालपुर घर भएका डाक्टर पङ्कजकुमार चौधरीलाई दाइजोविरुद्धको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार डा पङ्कजलाई उनकै घर रामगोपालपुर–५ बाट पक्राउ गरिएको हो । डा पङ्कजले दाइजोको निहुँमा जिल्लाकै औरही नगरपालिका–१ घर भएकी श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकालेका थिए। श्रीमतीले उनीविरुद्ध घरेलु हिंसा र दाइजो अभियोगमा जिल्ला अदालतमा मुद्दासँगै प्रहरीमा समेत उजुरी दिएकी थिइन् ।

महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले थुनुवामा रहेका पङ्कजविरुद्ध घरेलु हिंसा र दाइजोविरुद्धको मुद्दा चलाउने तयारी भइरहेको बताए । काठमाडौँको ग्रान्डी अस्पतालमा जनरल फिजिसियनको रूपमा कार्यरत डा पङ्कजले दाइजोमा काठमाडौँमा घर माग गर्दै श्रीमती नेहालाई पटकपटक कुटपिट गरेर घर निकाला गरेका थिए । दाइजो मागेको खबर बाहिरिएसँगै अस्पतालले उनलाई हटाएको थियो।

मङ्गलबार दिउँसो डा पङ्कजको घरमा बस्न श्रीमती नेहा चौधरी पुगे पनि पति, ससुरा र सासूले उनलाई भित्र प्रवेश नदिएपछि नेहा त्यहीँ धर्नामा बसेकी थिइन। नेहाको धर्नापछि प्रहरीले पङ्कजलाई पक्राउ गरेको जनाइएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...