काठमाडौंमा बढ्यो चिसो, आज पहाडी क्षेत्रमा मौसम बदली हुने

Chiso ktm

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा चिसो बढेके बढ्यै छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने हिजोको तुलनामा झन्डै ३ डिग्री बढेको छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान ५.४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस देखिएको हो । हिजो बुधबार भने उपत्यकाको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस थियो ।

मौसमविद् मानन्धरका अनुसार आकाशमा बादल लागेको दिन न्यूनतम तापक्रम बढ्छ । ‘हिजो राति आकाशमा बादल लागेको थियो’, उनले भनिन् ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यतिबेला (बिहीबार बिहान) तराईका केही स्थानमा हुस्सुरकुहिरो लाग्नाका साथै पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । बुलेटिनअनुसार लुम्बिनी प्रदेशका साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा भनिएको छ, तराईका केही भूभागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...