काभ्रे बस दुर्घटनाको पीडा : आफन्त नहुँदा ८ जनाको शव अस्पतालमै

Bus accident kavre

काठमाडौं । मंगलबार साँझ भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएकोमा सबैको सनाखत भएको छ । त्यसमध्ये केहीले शव बुझेका छन् ।

तर, प्रहरीले सनाखत गरी ९ वटा शव मृतकका आफन्तलाई बुझाएको छ भने एकै परिवारका ८ जनाको शव आफन्त नहुँदा धुलिखेल अस्पतालमै छ । त्यसको मुख्य कारण भनेको शव बुझ्ने आफन्त नै नभएर हो ।

८ जना एकै परिवारका सदस्य हुन् । उनीहरूको शवलाई धुलिखेल असपतालको शव गृहमा राखिएको छ । मृत्यु भएका १७ जनाकै पोष्टमार्टम गरेर ९ जनाको शव परिवारले बुझेर धार्मिक संस्कार अनुसार दाह संस्कार भएको र ८ जनाको शव बुझ्ने आफन्त नहुँदा अस्पतालमै राख्नुपरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले बताए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार मृतक १७ जनाकै पोस्टमार्टम भैसकेको र तीमध्ये नौजनाको शव परिवारले बुझेर धार्मिक रीतिरिवाजअनुसार दाहसंस्कारका लागि लगेका छन् ।

उक्त बस दुर्घटनामा बनेपा नगरपालिका वडा नंं ११ का ७९ वर्षीय निर्मला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ५० वर्षीय आकुर तामाङ, ४३ वर्षीय हेमा तामाङ, ३० वर्षीय बुद्ध तामाङ, २८ वर्षीय मञ्जु तामाङ, २७ वर्षीय कोपिला तामाङ र ११ वर्षीय पुष्कर तामाङ छन् । उनीहरू सबै एकै परिवारका हुन् ।

मृतक कुमार तामाङका छोरा राजन तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने मृतक बुद्ध तामाङ र कोपिला तामाङकी आठ वर्षीय छोरी श्रेया तामाङको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...