विनोद पहाडीलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान

Biniod pahadi puraskrit

बुटवल । मानवअधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ विनोद पहाडीलाई प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा पहाडीलाई एक लाख १० हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो । पहाडीलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मानव अधिकारबादी नेता कृष्ण पहाडी, केन्द्रीय सभापति गोबिन्द खनाल लगायतले सम्मानित गरे ।

संविधान सभा सदस्य समेत रहेका पहाडी राष्ट्रिय दलित पत्रकार संघको अध्यक्ष हुन् । उनी लामो समयदेखि अधिकारकर्मीको षेत्रमा कार्यरत छन् भने तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा छन् ।

२०४६ सालदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् । पहाडी नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य, पत्रकार महासंघ रुपन्देही शाखाको दुई कार्यकाल सभापति भएका थिए । पहाडी डा. भीमराव अम्वेडकर अवार्डबाट समेत सम्मानित भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...