बढ्न थाल्यो चिसो, आज यस्तो छ मौसम

Chiso badhyo

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस देखिएको हो । हिजाे शनिबार भने उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो ।

आज सामान्यतया देशभर मौसम सफा रहने मौसमविद् लामिछानेले बताए । उनका अनुसार आज कतै हिमपात वा वर्षाको सम्भावना छैन । महाशाखाले जारी गरेको बुलेटिनअनुसार यतिबेला (आइतबार बिहान) देशभर मौसम सामान्यतया सफा छ । देशका पश्चिम तथा मध्य तराईतिर केही स्थानमा भने हल्का हुस्सु/कुहिरो लागेको छ । तर यो घामसँगै हटेर जाने मौसमविद्ले बताएका छन् ।

बुलेटिनअनुसार दिउँसो देशभर मौसम सामान्यतया सफा रहने भए पनि रातिचाहिँ लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली (आकाशमा थोरै बादल) बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...