लमजुङको राइनासवासीले गरे चम्पावती हाइड्रोपावरको कार्यालयमा आगजनी

Haidro aagjani

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ पाँडेबेसीको चम्पावती हाइड्रोपावरको कार्यालयमा स्थानीयहरूले आगजनी गरेका छन् ।

हाइड्रोपावरको काम मापदण्ड विपरीत रहेको भन्दै छिमेकी जिल्ला लमजुङको राइनास नगरपालिकाबाट पुगेका पाँच सयभन्दा बढी स्थानीयले कार्यलय परिसर भित्र रहेका दुई वटा मिनीट्रक, एउटा जेसीभी र जस्ताले छाएको दुईवटा अस्थायी टहरामा आगो लगाएका छन् ।

कार्यलयभित्र रहेको फर्निचरको सामग्रीसमेत उनीहरूले तोडफोड गरेको बताइएको छ । मिनी ट्रक पूर्ण रुपमा क्षति भएको र जेसीबीमा आंशिक क्षति पुगेको बताइएको छ । आगजनीपछि इलाका प्रहरी कार्यालय ठाटीपोखरीबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।

हाइड्रो पावरले बलमिच्याइँ गर्दा आफूहरूको सिञ्चाइ आयोजना बन्द हुने अवस्थामा पुगेको उनीहरुको आरोप छ । २०४९ सालबाट सिञ्चाइ हुँदै आएको राइनासटार सिञ्चाइ आयोजनालाई बेवास्ता गरी बलमिच्याइँ गरेर हाइड्रोपावर सञ्चालन हुन लागेपछि स्थानीयले विरोध जनाएको राइनास नगरपालिका–३ का श्रीकृष्ण पौडेलले बताए । ‘हाइड्रोले सिञ्चाइ आयोजना बन्द हुने परिस्थितिमा पुग्यो,’ उनले भने,‘अब पानी कहाँ झार्छ भन्ने हाम्रो कुरा रहेन, हाइड्रोपावर बन्द हुनुपर्छ भन्ने माग हो ।’

स्थानीयले आगजनी गर्दा आयोजनामा करोडभन्दा बढीको क्षति भएको हाइड्रोपवार सञ्चालक हरेराम पराजुलीलले बताए । आयोजनामा जबर्जस्ती तोडफोड भएकाले कानुनी प्रक्रियामा जाने उनले बताए । ‘नहरको मूहानभन्दा तल पानी खस्यो भन्ने झुटा आरोप हो, हामीले प्लान गर्दा त्यसरी गरेका छैनौं,’ उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...