पुस १ देखि प्रदूषण जाँचपास नभएका सवारीसाधन चलाए १ लाखसम्म जरिवाना

Sawari news

काठमाडौं । सरकारले पुस १ गतेपछि प्रदूषण जाँचपास नभएका सवारीसाधन सञ्चालन गरे १ लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले आज ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै पुस १ गतेपछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस नभएमा १ लाख रुपैयाँसमम्म जरिवाना गरिने जानकारी गराएको हो ।

विभागले हाल काठमाडौं उपत्यकाभित्र सन्चालित सवारी साधनहरुमा छड्के जाँच गर्दै आएको छ । ती मध्ये अधिकांश सवारी साधनले प्रदूषण जाँचपास नगरेको पाइएको थियो । सवारी साधनबाट निस्किने धुँवा परीक्षण गर्दा तोकिएको मापदण्ड भन्दा बढी प्रदूषण गरिरहेको पाइएकालाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न भनिएको छ ।

अब २०७९ पुस १ गतेपछि भने नगदै जरिवाना गर्ने र सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाई जाँच पास गराएर मात्र सन्चालनमा ल्याउन दिने विभागले आज जारी गरेको सूचनामा उल्लेख छ ।

‘हाल सवारीसाधनमा धुँवा परीक्षण गर्दा तोकिएका मापदण्डभन्दा बढी प्रदूषण गरिरहेका सवारीसाधनलाई एकपटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिइएकामा २०७९ पौष १ गतेपछि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारीसाधनहरूलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना हुने र सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाई जाँच पास गराएर मात्र सार्वजनिक स्थानमा सञ्चालनमा ल्याउन हुन सबै यातायात व्यवसायी तथा सम्बन्धित सबैमा यो सूचनामार्फत अनुरोध गरिएको छ’, सूचनामा भनिएको छ । 

विभागले हरियो स्टिकर जारी भएको अवधि बाँकी रहेको अवस्थाका सवारी साधनमा पनि जुनसुकै बेला छड्के जाँच गर्ने र कारबाही गर्ने जनाएको छ । साथै आफ्नो टोल छिमेकमा कसैले खुल्ला रुपमा फोहोर जलाउने काम गरिरहेको भए पनि जानकारी दिन विभागले भनेको छ । त्यस्तो जानकारी दिनेको परिचय गोप्य राख्ने र खुल्ला रुपमा फोहोर जलाउनेलाई कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

विभागले जारी गरेको सूचना–

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...