कांग्रेस धनकुटा नगर सभापति श्रेष्ठ ४० हजार धरौटीमा रिहा

Naresh shresth

धनकुटा । निर्वाचनमा पराजयपछि एमालेका कार्यकर्तालाई कुटपिट गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेस धनकुटा नगर समिति सभापति नरेश श्रेष्ठसहित दुई जना धरौटीमा छुटेका छन् ।

मंसिर ८ गते धनकुटा नगरपालिका ६ पाङसिङका राजन कार्कीमाथि कुटपिट भएको थियो । कार्कीले आफुलाई ज्यान मार्ने उदेश्यले कुटपिट गरेको भन्दै श्रेष्ठ र सदस्य शिवपुजन शाहविरुद्ध किटानी उजुरी गरेका थिए । सोही आधारमा उनीहरुलाई मंगलबार जिल्ला अदालत धनकुटा परिषरबाट प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका दुबै जनाविरुद्ध प्रमाण जुटाउन अदालतले हिरासतमा राख्न आदेश दिएको थियो । सोही क्रममा जिल्ला अदालतमा हाजिर गराइएका श्रेष्ठ र शाह बुधबार जनही ४० हजार रुपैयाँ धरौटीमा छुटेका हुन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेले जितेपछि धनकुटा बजारमा आयोजित विजय र्‍यालीबाट फर्कने क्रममा कार्कीमाथि धनकुटा(६ सल्लेरीस्थित आँखा अस्पताल नजिक कुटपिट गरेको बताइएको छ । पक्राउ गर्न दबाब दिँदै एमालेको युवा संघ र झुटो आरोप लगाइएको भन्दै कांग्रेस निकट तरुण दलले केही दिन पहिले प्रदर्शन गरेका थिए ।

र, यो पनि...

धनकुटामा एमाले र कांग्रेसबीच चर्कियो विवाद, नगर सभापति श्रेष्ठविरुद्ध एमालेको प्रदर्शन

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...