दासढुंगा काण्डको छानविन संयोजक अनिलको निधन

Prachanda raj anil

काठमाडौं । पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ । बाँसबारीस्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा उनको निधन भएको हो । ९२ वर्षीय अनिल मधुमेह, रक्तचाप र मुटुका बिरामी थिए ।

जिल्ला न्यायाधीशबाट न्याय सेवामा प्रवेश गरेका अनिल विभिन्न तह हुँदै सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश भएर अवकाश भएका थिए ।

उनी बहुचर्चित दासढुंगा हत्याकाण्डको छानविन गर्न बनेको जाँचबुझ आयोगको संयोजक थिए । तत्कालिन सरकारले न्यायाधीशबाट अवकाश भइसकेका अनिलको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो ।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको दासढुंगा भन्ने स्थानमा जिप दुर्घटना हुँदा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...