कार्यालयको फोहर आफैँ सफा नराखे कारवाही गर्ने

Kathmandu mahanagar

काठमाडौं । काठमाडौं महानगरपालिकाले कार्यालय परिसर सफा नराखे कारबाही गर्ने चेतावनी दिएको छ । फोहर नफ्याके त्यस्ता कार्यालयको नामसमेत सार्वजनिक गरिने महानगरको चेतावनी छ ।

महानगरपालिकाभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरलाई नियमित सरसफाइ गर्न महानगरले निर्देशन दिएको हो ।

सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसर नियमित सरसफाइ नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोरमैलाले सहरको सुन्दरतामा कमी आएको भन्दै विभागले जनाएको छ । तोकिएको समयमा फोहोरमैला व्यवस्थापन नगरे दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्चसमेत असुल्ने चेतावनी विभागले दिएको छ । 

कार्यालय परिसरमा रहेका छरपस्ट पुराना उपकरण तथा अन्य प्रकृतिका फोहर मैलाले सिंगो सहरको सुन्दरतामा नै ह्रास आएको भन्दै महानगरले कारबाही गर्ने चेतावनी दिएको हो । सबै सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहर ३५ दिनभित्र आफैँ व्यवस्थापन गरी सहरलाई सफा राख्न भनेको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...