गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय

Bomb disposal

काठमाडौं । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

आइतबार बिहान शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीलाई बोलाएको थियो ।

भक्तपुरको लोकन्थलीस्थित नेता बाँस्कोटाको घर बाहिर शंकास्पद पोको फेला परेपछि बमको आशंका गरिएको थियो । त्यसलगत्तै सेनाको टोली आएर उक्त वस्तु निष्क्रिय पार्दा वस्तु बम नभएको पाइएको भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता डिएसपी राजु पाण्डेले बताए ।

आज बिहान छिमेकीले बास्कोटाको घरको पर्खाल छेउमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि बास्कोटाको घर बन्दै गर्दा २०७६ फागुनमा बम विष्फोट हुँदा घरमा क्षति पुगेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...