गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु, प्रेसरकुकर बमको आशंका

Gokul baskota house

काठमाडौं । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली पनि भर्खरै मात्रै आइपुगेको छ ।

यसअघि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएको थियो । सुरक्षाकर्मीबाहेक अन्यलाई आउजाउ गर्न प्रहरीले रोक लगाएको छ । भक्तपुर प्रहरी परिसरका प्रवक्ता डीएसपी राजु पाण्डेले शंकास्पद वस्तु फेला परेपछि त्यहाँ वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको बताए ।

आइतबार बिहान बास्कोटाको घरको पर्खालमा शंकास्पद वस्तु देखिएको थियो । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । शंकास्पद वस्तु कसले राख्यो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । बास्कोटा भने अहिले घरमा छैनन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...