कपिलवस्तुको चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार

Goli prahar

कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ४ चाकरचौडामा बिहिबार साँझ भारतीय नागरिक माथि गोली प्रहार भएको छ ।

चाकरचौडा सिमा जोडिएको सिद्धार्थनगर जिल्लाको अलिगढंवाका ३५ वर्षीय ईरशाद खानमाथि दुई गोली प्रहार भएको हो । चाकलचौडा बजारको एक मदिरा होटलमा रहेका खानमाथि दुई जनाले गोली प्रहार गरेको खुल्न आएको छ । तर, उनीहरू भारतीय वा नेपाली को हुन् खुल्न सकेको छैन ।

खानलाई काँध र कम्मरमा गरी २ गोली लागेको छ । गोली लागेका उनलाई उपचारको लागि भारतको सिद्धार्थनगरको नौगढ लगिएको भए पनि अहिले उनलाई थप उपचारका लागि गोरखपुर मेडिकल कलेज लगिएको छ ।

भारतीय प्रहरीसँगको समन्वयमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रेमबहादुर बस्नेतले बताए । घाइतेको आफन्तलाई नेपाली प्रहरी अधिकारीले भेटेर घटनाबारे सोधखोज थालेका छन् । अहिले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको अनुसन्धान टोलि घटनास्थलमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...