अन्योलमा सुकुम्बासी : भुमी आयोग र काठमाडौं उपत्यका विकास प्राधिकरणबीच चल्न थाल्यो जुहारी

Tapathali tanab

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकालो डोजर चलाएपछि राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई तत्काल उनीहरु बसिरहेको स्थानबाट नहटाउन आग्रह गरेको छ ।

आज आयोगले सूचना प्रकाशित गर्दै लगत संकलन र प्रमाणीकरणको काम सम्पन्न नहुन्जेल उनीहरुलाई नहटाउन तथा असुरक्षित हुने कार्य नगर्न आग्रह गरेको हो । तर, महानगरले भने महानगरको क्षेत्रभित्र पर्ने भन्दै पछि नहट्ने बताउँदै आएको छ ।

आयोगले तत्काल सुकुम्बासी बसतीबाट नहटाउन सुचना जारी गर्नुपूर्व नै काठमाडौं उपत्यका विकास प्राधिकरणले पनि १४ मंसिरमा ३५ दिने सूचना जारी गर्दै खोला किनार लगायत क्षेत्रमा अतिक्रमण गरिएका जग्गा खाली गराउन भनेको छ ।

निर्वाचनको बेला रोकिएको प्रमाणीकरण र लगत संकलनको काम पुनः सुरु गर्ने तयारी गर्न भन्दै आयोगले भनेको छ, ‘लगत संकलन र प्रमाणीकरणको कार्य सम्पन्न नभएसम्मका लागि काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरु र सबै सरकारी तथा गैरसरकारी निकायहरुलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरुका बस्ती हटाउने र उनीहरु असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न/नगराउन यो सूचना प्रकाशित गरिएको छ ।’

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासीहरुलाई हटाउन थालेपछि चौतर्फी आलोचना भइरहेको छ । नागरिक समाज, राजनीतिक पार्टी र सरोकारवाला निकायहरुले विकल्प विना थापाथली लगायतका स्थानमा रहेका सुकुम्बासीलाई हटाउन नहुने दबाब दिँदै आएका छन् ।

राष्ट्रिय भूमि आयोगको सूचना –

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...