दुर्घटनामा छात्राको मृत्यु प्रकरण : तनाव बढ्दै जाँदा धनगढीमा २४ घण्टे निषेधाज्ञा जारी

Dhangadi pradarsan

धनगढी । दुर्घटनामा छात्राको मृत्यु भएको विषयलाई लिएर उत्पन्न तनाव साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर बिहीबार विहान साइकल चढेर विद्यालय जाँदै गरेकी १५ वर्षकी चेतना साउदको मृत्यु भएको थियो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रदर्शनका क्रममा भएको अराजक गतिविधि नियन्त्रण गरी सर्वसाधारण नागरिकको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गर्न बिहीबार साँझ ७ बजेदेखि शुक्रबार विहान ७ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरेको बताएका छन् ।

निषेधाज्ञाको समयमा ५ जना भन्दा बढी भेला हुन, आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन नपाइने प्रजिअ थापाले बताएका छन् ।

पूर्वमा धनगढी उपमहानगरपालिका -१ पुरानो फूलबारी बसपार्क, पश्चिममा धनगढी उपमहानगरपालिका -४ रातोपुल, उत्तरमा धनगढी उपमहानगरपालिका–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन दक्षिणमा धनगढी उपमहानगरपालिका -१ र २ स्थित हुलाकी राजमार्गको चारकिल्लाभित्र निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...