काठमाडौंमा दोहोरी रेष्टुरेन्ट २ बजेसम्म र नाइट क्लब ४ बजेसम्म खोल्न पाइने

Anskrit night club

काठमाडौं । काठमाडौंमा नाइट क्लबहरु राति ४ बजेसम्म सञ्चालन हुन पाउने भएका छन् । कोरोनाका कारण काठमाडौं उपत्यकाभित्र रात्रीकालीन व्यवसायहरु पनि बन्द भएका थिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न व्यवसाय सञ्चालन गर्न पाउने समय तोकेको छ ।

जस अनुसार रक्सी पसलहरु राति १० बजेसम्म खोल्न पाउनेछन् । त्यस्तै रेष्टुरेन्टहरु राति १२ बजेसम्म, डान्स, दोहोरी रेष्टुरेन्ट, लाउन्ज र बारहरु राति २ बजेसम्म सञ्चालन हुन पाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

काठमाडौं जिल्लास्थित रात्रिकालीन समयमा सञ्चालित हुने व्यवसायिक कार्यलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित गर्न समय निर्धारण गरेको प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...