कपिलवस्तु तौलिहवामा मस्जिदको शिलन्यास

Shilnyas kapilbastu

कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा जशने दसतारे हिफज व किरत रहमते आलम कन्फरेन्स जलसा तथा सुन्नी जमा मस्जिदको शिलान्यास भएको छ ।

उक्त रहमते आलम कन्फरेन्स जलसामा भारत महाराष्ट्र मुम्बईबाट मौलाना सरोज अहमद चिस्ती, आजमगढबाट मशहुद बरकाती, बलरामपुरबाट फैजान रजा जमाली, कानपुरबाट नुर अलि नुर कानपुरी, सिधार्थनगरबाट राही वस्ताबी, मुरादाबादबाट सय्यद फैजानुदिन, सिद्धार्थनगरबाट मौलाना बेलाल लगायत नेपाल अधिराज्य भरीका मौलाना तथा सायरहरुको उपस्थित रहको थियो ।

इस्लाम धर्मालम्बीहरुले गर्नुपर्ने कार्य र इस्लाम सम्बन्धित जानकारी उक्त जलसा कार्यक्रममा दिइएको थियो । उक्त कार्यक्रममा पढेर निस्केका हाफिजहरुलाई प्रमाण पत्रबाट सम्मानित गरिएको थियो ।

त्यसैगरी मदरसा अहले सुन्नत नाइमुल वोलुम मस्जिद तौलिहवाको शिलन्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त शिलान्यास कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नं.१ का वडा अध्यक्ष जाहिद खाँ, मुमताज खाँ, महफुज खाँ, रमिम खाँ पत्रकार असलम खाँ , मदरसा अहले सुन्नत नैमुल वोलुम मस्जिद तौलिहवाका पेश इमाम हजरत अलि हसन निजामी लगायत मदरसा अहले सुन्नत नाइमुल वोलुमका कमेटीका अध्यक्ष अधिवक्ता रउफ अहमद खाँ, उपाध्यक्ष निजादुदिन सिद्धकी सचिव अब्दुल गफफार दर्जी कोषाध्यक्ष जाहिद खाँ सदस्यहरु इबरार खाँ , जाबेद अहमद शेख, कमाल अहमद दर्जी, अकबर अलि सब्बागको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...