लोकतान्त्रिक गठबन्धनले दियो मतदातालाई धन्यवाद

Cn dkt program

धनकुटा । लोकतान्त्रिक बाम गठबन्धन मुल निर्वाचन परिचालन समितिले लोकतान्त्रिक बाम गठबन्धन धनकुटा जिल्लाका उम्मेदवाहरुलाई मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिएको छ ।

लोकतान्त्रिक बाम गठबन्धन मुल निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले विज्ञप्ती जारी गर्दै धनकुटाका मतदाताहरुलाई धन्यवादन दिएका हुन् ।

धनकुटा जिल्लाबाट प्रतिनिधि सभामा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य पूर्वमन्त्री सुनिल वहादुर थापा, प्रदेश सभा क्षेत्र नं. १ मा अर्जुन राई र प्रदेश सभा क्षेत्र नं. २ मा कुसुम कमारी श्रेष्ठ उम्मेदवार बनेका थिए । गित आइतबार सम्पन्न निर्वाचनमा तीन जना नै पराजित भएका थिए ।

प्रापत निर्वाचन परिणामलाई स्वीकार गर्दै आगामी दिनमा धनकुटाको विकास र समृद्धीका पक्षमा सधै धनकुटाका जनताका साथमा रहने सभापति राईद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । राईले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्नका लागी खटिएका मुख्य निर्वाचन अधिकृत, सहायक अधिकृत, सम्पूर्ण कर्मचारीहरु, सुरक्षाकर्मीहरु, सम्पूर्ण पत्रकारहरुलाई समेत सभापति दिनेश राईले धन्यवाद दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...