काठमाडौं ४ मा राजन भट्टराईलाई हराउँदै गगन थापाको ह्याट्रिक जित

Gagan thapa

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं -४ बाट प्रतिनिधिसभा निर्वाचनमा तेस्रो पटक निर्वाचित हुँदा एमाले नेता राजन भट्टराईलाई २०७४ सालमा भन्दा फराकिलो मतान्तरले पराजित गरे ।

यससँगै गगनले काठमाडौं ४ बाट ह्याट्रिक जित निकाल्न सफल भएका छन् । उनले नेकपा एमालेका पुरानै प्रतिस्पर्धी भट्टराईलाई पराजित गरेका छन् । थापाले २१ हजार ३०२ मत ल्याउन सफल भएका छन् । उनीसँग पराजित डा. भट्टराईले १३ हजार ८५५ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. ठाकुरमोहन श्रेष्ठले ४ हजार ५० मत ल्याएका छन् ।

२०७४ सालमा यही क्षेत्रमा गगन थापा २१ हजार ५५१ मतसहित निर्वाचित भएका थिए भने भट्टराईले १८ हजार १४० मत पाएका थिए । काठमाडौं क्षेत्र ४ मा काठमाडौं महानगरका चारवडा (१, ७, ८ र ३०) सहित बुढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडाहरु पर्दछन् । क्षेत्रमा रहेका ३२ वटै बुथको मतगणना सुरु देखि अन्तिमसम्म थापाले अग्रता कायम राखे । बुढानिलकण्ठ वडा नम्बर ८ र काठमाडौं महानगरको ३० नम्बर वडाबाट भने आशा गरे अनुसार मत आएन ।

उम्मेदवारको मनोनयन दर्ता गर्ने बेलासम्म क्षेत्रभित्र र बाहिर गगनले जित निकाल्न कठिन छ भन्ने बोलीहरु सुनिन्थे । त्यसैले उनले यसपटक चुनाव क्षेत्रमा निकै मिहिनेत गरेका थिए । आफ्नो पक्षमा नतिजा पार्नका लागि थापाले सुरुमा अरु आकांक्षीहरुको व्यवस्थापनमा ध्यान दिएका थिए ।

गणतन्त्रवादी थापालाई हराउँछु भन्दै भाषण गर्दै हिँडेका राजावादी युवा सन्तोष प्रधान चौधरीले समेत गगनलाई साथ दिने घोषणा गरे । उनले विचारधारामा असहमति भए पनि थापा संसदमा चाहिने व्यक्ति भएकाले सहयोग गरेको प्रतिक्रिया सार्वजनिक गरेका थिए । उनी पछि गगन थापाको चुनाव प्रचारमा समेत हिँडेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...