दुर्घटनामा परी पत्रकार महाविर विश्वकर्माको निधन

Mahabir bk

चितवन । बहकिने मनका सञ्चालक महविर विश्वकर्माको दुर्घटनामा परी निधन भएको छ ।

आज विहान साँढे ५ चितवनको राप्ती नगरपालिका वडा नं. ६ हर्दीचोकमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडी लोथरबाट नारायणगढतर्फ गरहेको बा४ख ४१२ नम्बरको माईक्रो हाईयस ठोकिंदा माईक्रकोमा सवार विश्वकर्माको निधन भएको हो ।

सो दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । विकको उपचारको क्रममा मृत्यु भएको हो ।

सो दुर्घटनामा परी राप्ती ५ का आयुष लो तामाङ, शंकर चौधरी, उज्वल मैनाली, जवारीलाल विक, र धादिङ रोराङ गापा ५ का कुशल बिसुराल घाइते भएका छन् ।

महावीर विश्वकर्मा चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता थिए । उनी टेलिभिजन कार्यक्रम निर्माणमा पनि संलग्न थिए । चितवन राप्ती नगरपालिका–४ डडुवा घर भएका महावीर विश्वर्मा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य र जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सचिव थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...