मतपेटिका पुर्‍याएर फर्किंदै गरेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ९ जनाको अवस्था चिन्ताजनक

Jeep accident bajura

बैतडी । बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ९ जनाको अवस्था चिन्ताजनक छ ।

पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुर्घटनामा तीन जनाको मृत्यु भएको र नौ जनाको अवस्था ‘अत्यन्तै चिन्ताजनक’ रहेको बताए । घाइतेहरुलाई हेलिकोप्टरमार्फत् कोहलपुर पठाउने तयारी भइरहेको छ ।

मृत्यु हुनेहरूको सनाखत हुन बाँकी रहेको छ । उक्त जिपमा १२ जना सवार थिए । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...