निर्वाचन अयोगले भन्यो : ६१ प्रतिशत मतदान, मतदानमा सहभागी सबैलाई धन्यवाद

Dinesh thapaliya election

काठमाडौं । निर्वाचन आयोगले आइतवार भएको प्रतिनिधिसभा तथा प्रदेशभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिएको छ । निर्वाचन आयोगले सामान्य घटनाबाहेक सबै स्थानमा शान्तिपूर्ण रुपमा भएको जनाएको छ ।

यो संख्यामा सबै विवरण आएपछि केही प्रतिशत वृद्धि हुने आयोगले जनाएको छ । आयोगले अपेक्षा भन्दा कम मतदान भएको पनि उल्लेख गरेको छ । आयोगले शान्तिपूर्ण र उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको पनि जनाएको छ । यस्तै आयोगले निर्वाचन सफल बनाउने सबैलाई धन्यवाद समेत दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले देशभर शान्तिपूर्ण मतदान भएको बताए । थपलियाले प्रारम्भिक विवरण अनुसार ६१ प्रतिशत मत खसेको जानकारी दिएका छन् । तर यो अपेक्षाभन्दा कम रहेको जानकारी उनले दिए ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले गर्दै भने,'यो मत हामीले अपेक्षा गरेभन्दा केही थोरै हो, केही सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।' २०७४ सालको प्रतिनिधिसभातर्फको ६७.६३ प्रतिशत मत खसेको थियो ।

सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको उनले बताए । सुर्खेत, नवलपरासी पूर्व र गुल्मी जिल्लाका एक/एक वटा मतदान स्थलमा स्थगित भएका छन् भने बाँकी बाजुराका मतदान स्थलमा स्थगित भएका हुन् । निर्वाचनका क्रममा बाजुरामा एक जनाको मृत्यु भएको पनि प्रमुख आयुक्त थपलियाले बताए ।

छ महिनाअघि भएको स्थानीय तह निर्वाचनमा ६६.८६ प्रतिशत मतदाताले मतदान गरेका थिए । त्यसबेला देशभरबाट १ करोड १८ लाख ५६ हजार मत खसेको थियो । स्थानीय तह निर्वाचनमा प्रदेश १ मा ६५.३५ प्रतिशत, मधेसमा ६७.६९ प्रतिशत, बाग्मतीमा ६४.१६ प्रतिशत, गण्डकीबाट ६८.२८ प्रतिशत, लुम्बिनीमा ६६.७९ प्रतिशत, कर्णालीमा ७० प्रतिशत र सुदूरपश्चिममा ६५.८० प्रतिशत मतदान भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...