१०१ वर्षीय वृद्धाले मतदान, झमक घिमिरे लगाइन् देब्रे खुट्टाको औँलाले छाप

101 year mat dhankuta1

धनकुटा । धनकुटामा १०१ वर्षीय वृद्धाले मतदान गरेकी छन् । धनकुटा नगरपालिका वडा नं. १० सिद्धदेवी आधारभुत विद्यालयको मतदान केन्द्र हर्कमाया अधिकारीले मतदान गरेकी हुन् ।

शारिरीक रुपमा असक्त रहेकी उनलाई परिवारका अन्य सदस्यहरुले स्ट्रेचरमा वोकेर मतदान स्थल ल्याएका थिए । ज्येष्ठ नागरिक अधिकारीको घर मतदान स्थलभन्दा करिव डेढसय मिटरमा छ । तर त्यहाँको मतदान केन्द्र ज्येष्ठ नागरिक तथा अपाङमैत्री नहुँदा असहज भएको छ ।

यता साहित्यकार झमक घिमिरेले धनकुटा –६ स्थित बहुउद्देश्यीय सामुदायिक भवन मतदान केन्द्रबाट मतदान गरेकी छन् । शारीरिक अवस्था जटिल रहेको उहाँलाई अटोमा राखेर मतदान केन्द्रसम्म लगिएको थियो ।

मतदान स्थलमा मतदानका लागि घिमिरेका परिवारका सदस्यले बोकेर लगेका थिए । हात खुट्टा समेत चल्न नसक्ने भए पनि घिमिरेले देब्रे खुट्टाको औँलाले मतपत्रमा स्वस्तिक छाप लगाएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...