धनकुटामा सहायक मतदान अधिकृतको मृत्यु

Pabitra limbu

धनकुटा । धनकुटामा मतदान केन्द्रमा खटिएकी सहायक मतदान अधिकृतको मृत्यु भएको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालयमा सहायक मतदान अधिकृतको रुपमा खटिएकी सीतादेवी मावि खरखोलेकी ३५ वर्षीया शिक्षिका पवित्रा याखा लिम्बूको शुक्रबार मृत्यु भएको हो ।

मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्कंदै गरेकी लिम्बू अचानक बेहोस भएकी थिइन् । उनलाई उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको तदान अधिकृत प्रज्ज्वल पोखरेलले जानकारी दिए ।

उच्च रक्तचापको समस्या रहेकी लिम्बू सोही कारण बेहोस भएको हुन सक्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...