आज कुन प्रदेशको मौसम कस्तो हुन्छ ?

Mausam news

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

महाशाखाको बुलेटिनअनुसार आज राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यसैबीच आज बिहान ६ बजे अगाडिको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । यो तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ भने त्यतिबेलका महाशाखाले देशका अन्य स्थानका तापक्रम पनि प्रकाशन गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...