धनकुटामा एमालेबाट निर्वाचित निवर्तमान जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश

Khusimaya chintang

धनकुटा । नेकपा एमालेबाट निर्वाचित निवर्तमान जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेकी छन् ।

धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. २ बाट अघिल्लो स्थानीय तहको निर्वाचन एमालेबाट निर्वाचित जनप्रतिनिधि खुसीमाया विश्वकर्मा आज नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेकी हुन् ।

गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले उम्मेदवार बनाउने भनेको भए पनि अन्तिम समयमा उनलाई उम्मेदवार बनाएन । उम्मेदवार बनाएपछि उनी चुनाव चिन्ह लौरो लिएर स्वतन्त्र उम्मेदवार बनेकी थिइन् ।

विश्वकर्मालाई एकीकृत समाजवादीका सहिदभुमी गाउँपािलका इन्चार्ज योगेन्द्र राई, पालिका कमिटि अध्यक्ष बाबुराम राई, सचिव राजकुमार राई, पालिका कमिटी सदस्य रामकुमारी राई, ३ नं. वडा कमिटि अध्यक्ष लगायतले स्वागत गरेका थिए ।

उनले पार्टी प्रवेश गर्दै एमालेले दलित समुदायलाई प्रयोग मात्रै गरेको र एमालेबाट दलित समुदायको मुक्ति सम्भव छैन भन्ने निष्कर्ष निकालेर एकीकृत समाजवादीमा प्रवेश गरेको बताएकी छन् ।

निर्वाचनको मौन अवधी शुरु हुनअघि एकीकृत समाजवादीमा प्रवेश गरेपछि सहिदभुमीमा एमालेलाई धक्का लाग्ने बताइएको छ । उनी नेकपा एमालेबाट धनकुटा प्रदेश क बाट उम्मेदवार बनेका निरन राईको वडावासी हुन् ।

प्रतिकृया दिनुहोस