आज पहाडी क्षेत्रमा वर्षा र हिमालमा हिमपातको सम्भावना

Mausam news

काठमाडौं । मंगलबार देशका केही क्षेत्रमा वर्षाको हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कर्णालीका हिमाली भूभागका थोरै स्थान तथा बाँकी हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको आकलन पनि गरिएको छ । राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुने ठानिएको छ।

बुधबार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका एक वा दुई स्थान हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।

हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...